दफा ३५
सुविधा तथा सहुलियतबाट बञ्चित गरिने अवस्था
(१) देहायका अवस्थामा बहालवाला र भूतपूर्व सैनिक व्यक्ति वा निजका परिवारलाई पूरै वा आंसिकरूपमा कल्याणकारी कार्य अन्तर्गत सञ्चालित कार्यक्रमबाट दिइने सुविधा तथा सहुलियतबाट बञ्चित गर्न सकिनेछ ः-
(क) नेपाली सेनालाई आँच पुर्याउने कार्य गरेको प्रमाणित भएमा,
(ख) संविधान तथा यस ऐन विपरीत काम गरेको प्रमाणित भएमा,
(ग) यस परिच्छेद बमोजिम प्राप्त सुविधा तथा सहुलियत दुरूपयोग गरेको प्रमाणित भएमा,
(घ) राज्य विरुद्धको अपराधमा सजाय पाएमा ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बहालवाला तथा भूतपूर्व सैनिक व्यक्ति वा निजको परिवारको जुन सदस्यले उपदफा (१) मा उल्लेखित कार्य गरेकोछ सो सदस्यलाई मात्र कल्याणकारी कार्य अन्तर्गत सञ्चालित कार्यक्रमबाट दिइने सुविधा तथा सहुलियतबाट बञ्चित गरिनेछ ।